नेतालाई जनता भन्दा राजनीतिक भविष्य प्यारो

मध्यपश्चिमका जनताहरु आन्दोलीत भएको धेरै दिन भैसकेको छ । जनताहरुले गरेको आन्दोलनलाई समर्थन र बिरोध भन्दा पनि निकै पिडा हुने गरि गरिएको सिमाँकनको राज पछिल्ला दिनहरुमा खुल्दै गएको छ । यतीवेला केही नेताहरुको व्यक्तिगत पहुँचका आधारमा सिंमाँकन गरेर आफ्नो राजनीतिक भविष्य सुधार गर्ने अभियान थालेको भन्ने कुरा समेत बाहिर आईसकेको छ । छिटो संविधान         जारी गर्ने निहुँमा दैलेख लगायत मध्यपश्चिमका जनताहरुलाई अर्को मुलुकका जनताहरु जस्तो व्यवहार प्रर्दशन गर्नु पक्कै राम्रो काम होईन् ।
केही नेताहरुले अखण्ड सुदुर पश्चिमको नारा बोकेर हिडीरहेका बेला मध्यपश्चिमका जिल्लाहरुलाई समेत सुदुर पश्चिममा गाभेर सँधैभरी आफ्नो राजनीतिक प्रभुत्व जमाउन सजिलो हुने सहज बाटो बनाउन खोजेका नेताहरुको भविष्य यतीवेला आफै अन्धकारमा पर्ने निश्चित देखिएको छ ।
जनताहरुले पहिचान गरिसकेका छन् सिमाँकनमा नाममा जनताहरुलाई धोका दिने नेताहरुको व्यवहार अव जनताहरु चुप लागेर बस्ने बेला आएको छैन्। त्यस्ता नेता र नेतृत्वहरुलाई सँधै भरी राजनीतिमा अगाडी बढ्न नदिने गरि आगामी दिनहरुमा जनताहरुले आफ्ना नयाँ योजनाहरुको समेत निर्माण गर्नुपर्ने देखिएको छ ।
लाचार बनेको सरकारले अव बाध्य भएर मध्यपश्चिमलाई अखण्ड वा भेरी कर्णाली स्वयक्त राज्य बनाउनुपर्दछ । त्यसो नभए दैलेख लगायतका जनताहरु १० दिन मात्र हैन दश महिनासम्म पनि आन्दोलन गर्न बाध्य हुने छन् र आफ्नो स्वार्थमा लागेका नेताहरुलाई सडकमा पुर्याउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार